देउवालाई गगनले भनेः -‘आउनुहोस, महाधिवेशनको उद्घाटन गरिदिनुहोस्’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशन उद्घाटन गरिदिन निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

आज केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवालाई महाधिवेशनको उद्घाटन गरिदिन आग्रह गरेका हुन् ।

उनले भने– ‘पूर्वसभापतिलाई मेरो आग्रह छ अधिवेशनमा आएर उद्घाटन गरिदिनुस् । पूर्वसभापतिले अधिवेशन उद्घाटन गर्नु हाम्रो लागि पनि गौरवको विषय हो । अब छुट्टै अधिवेशन गर्नुपर्ने कुनै कुरा छैन ।’

सभपाति थापाले सबै सिनियर नेताहरुलाई पनि महाधिवेशनमा सहभागी हुन आग्रह गरे । उनले भने– ‘मेरो आग्रह छ– सँगै जाऔँ, अप्ठेरो नमानौँ, जो जो आउनु भएको छैन, यहाँ नआउनु भएको सिनियर नेताहरुलाई आग्रह गर्छु, पूर्वपदाधिकारीहरुप्रति हाम्रो भरोसा छ, विश्वास छ, तपाईँहरु पनि आउनुस् ।’

सभापति थापाले तोकिएको समयमा अधिवेशन गर्नैपर्ने बाध्यता रहेको उल्लेख गरे । ‘विधान र संविधानले हामीले बाँधेको छ, अधिवेशन तोकिएको मितिमा गर्नुपर्छ । अदालतले पनि रोक्नु नपर्ने भनेको छ । रोक्नु नपर्ने भनेको कानुनी भाषामा गर्ने भनेको हो’ उनले भने ।

उनले विशेष महधिवेशनलाई ‘भुइँभन्दा तलबाट उठ्ने प्रयत्न’का रुपमा व्याख्या गरे ।

Scroll to Top