कास्की प्रहरीलाई आगलागी नियन्त्रण तथा उद्धार सामग्री हस्तान्तरण

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशले जिल्ला प्रहरी कार्यालय कास्कीलाई आगलागी नियन्त्रण तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ।

महासंघको आयोजनामा बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीको सभाहलमा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पदाधिकारी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

महासंघले प्रहरी कार्यालयलाई ५ थान स्टेचर, १६ थान फायर एक्स्टिङ्गुइसर, १२ थान फायर ब्ल्याङ्केट र ३ थान ग्लोभ्स हस्तान्तरण गरेको हो।

सामग्री हस्तान्तरणपछि प्रहरी उपरीक्षक नवीन कार्कीले प्राप्त सामग्री प्रहरीका सवारीसाधनमा राखिने र तत्काल घटनास्थलमा खटिने प्रहरीले प्रयोग गर्ने बताउनुभयो। उहाँका अनुसार आगलागी, दुर्घटना तथा अन्य विपद्जन्य घटनामा घाइतेको तत्काल उद्धार गर्न यी सामग्री उपयोगी हुनेछन्।

उद्धार सामग्रीको उपलब्धताले विपद्जन्य घटनामा प्रहरीको कार्यलाई थप छिटोछरितो, सहज र सुरक्षित बनाउन सहयोग पुग्ने बताउँदै प्रहरी उपरीक्षक कार्कीले महासंघलाई धन्यवाद व्यक्त गरे ।

Scroll to Top