गण्डकी प्रदेशस्तरीय मिडिया कप–२०८३ को टाइ–सिट सार्वजनिक

कल्प मिडिया मल्टीपर्पोज प्रालिद्वारा सञ्चालित नयाँ लिपि डटकमको आयोजनामा हुने ‘प्रदेशस्तरीय मिडिया कप–२०८३’ को आधिकारिक टाइ–सिट सार्वजनिक गरिएको छ।

प्रतियोगितामा गण्डकी प्रदेशका पत्रकार तथा सञ्चारसम्बद्ध संस्थाका चार टोली सहभागी हुने भएका छन्।

असोज २ गतेदेखि सुरू हुने प्रतियोगिताको पहिलो दिनको सार्वजनिक टाइ–सिटअनुसार पहिलो चरण (राउन्ड १) मा बिहान ११ बजे नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी र नेपाल पत्रकार महासंघ, कास्कीबीच प्रतिस्पर्धा हुनेछ।

अर्को खेलमा नेपाल पत्रकार महासंघ, बागलुङले आयोजक नयाँ लिपि डटकमको सामना गर्नेछ।

त्यस्तै राउन्ड २ मा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी र नेपाल पत्रकार महासंघ, बागलुङबीच खेल हुनेछ। सोही चरणको अर्को खेलमा नेपाल पत्रकार महासंघ, कास्की र नयाँ लिपि डटकम आमनेसामने हुनेछन्।

राउन्ड ३ अन्तर्गत नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी र नयाँ लिपि डटकमबीच तथा नेपाल पत्रकार महासंघ, कास्की र नेपाल पत्रकार महासंघ, बागलुङबीच प्रतिस्पर्धा हुने टाइ–सिटमा उल्लेख छ।

प्रतियोगिता पोखरा रंगशालाको मल्टीपर्पोज हलमा हुनेछ।

Scroll to Top