तनुजा टिप्पणीः ‘श्रीमतीको गाडी रोक्दा राज्य जलाउन तम्सिने पात्र सुत्केरीको पीडामा किन मौन ?’

जेन-जी अभियन्ता तनुजा पाण्डेले सरकारी गाडीमा आफ्नी श्रीमती सवार रहेका बेला ट्राफिक प्रहरीले रोकेको विषयमा राज्य जलाउन तम्सिनेहरू गरिब नागरिकको पीडामा भने मौन बस्ने गरेको भन्दै प्रश्न उठाएकी छन्।

पाण्डेले आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोक्दा राज्य नै जलाउन तम्सिने ‘महान् पुरुषहरू’ गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा भने कहाँ हराउने गरेको भन्दै प्रश्न गरेकी हुन्।

‘आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा राज्य नै जलाउन तम्सिने ती महान् पुरुषहरू गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा कहाँ हराए ? सामाजकि सञ्जालमार्फत प्रश्न गरिन्।

उनले आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरूले गरिब नागरिकको पीडा देख्दा किन मौन बस्ने गरेको भन्दै आलोचना गरिन्।

पाण्डेले न्याय वर्ग, पैसा र पहुँचका आधारमा फरक हुन नहुनेमा जोड दिएकी छन्।

‘आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरू गरिबको पीडा देख्दा किन यति मौन?’ उनले भनिन्, ‘न्याय पनि वर्ग, पैसा र पहुँचका आधारमा फरक हुनु हुँदैन।’

Scroll to Top