अन्नपूर्णको बजेटमा स्वास्थ्यलाई प्राथकिमता, पालिकावासीलाई निशूल्क बीमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले यसै आर्थिक वर्षदेखि पालिकावासीलाई निशूल्क स्वास्थय बीमा गरिदिने भएको छ ।

गाउँपालिका अध्यक्ष विष्णबहादुर केसीलाई स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताउँदै पालिकावाीलाई पूर्णतः निशूल्क स्वास्थ्य बीमा गरिदिने योजना अनुरुप बजेटबाटै रकम विनियोजन गरेको बताएका छन् ।

पालिकाले यस आर्थिक वर्षदेखि निशूल्क स्वास्थ्य बीमा गरिदिने छ अध्यक्ष केसीले भने बीमामा आवश्यक पर्ने रकम बजेटमै विनियोजन गरी कार्यक्रम सुरु भएको हो ।

हाल लागत संकलन र स्थानीय स्वास्थ्य केन्द्रमा आवश्यक जनशक्ति परिपुर्ति गर्ने काम अन्तिम चरणमा रहेको केसीले जानकारी दिए ।

पालिकाले दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको स्वास्थ्य बीमा अघिल्लै वर्षदेखि निशूल्क गरेको उनको भनाई छ ।

केसीका अनुसार निशूल्क स्वास्थ्य बीमा हेतु ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको र यसबाट सबैलाई बीमामा समेट्न सकिने छ रकम अपुग भए पालिकाले नै जोहो गर्ने समेत उनले बताए ।

पालिकामा अनुमानित ६ हजार ५ सय घरधुरी रहेको तथ्यांक छ । स्वास्थ्य मौलिक अधिकारभित्र पर्ने र ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई बीमाको आवश्यकता बढी पर्ने भएकाले बजेटमार्फत कार्यक्रम अघि बढाइएको केसीको भनाई छ ।

यससँगै पालिकाकै अन्नपूर्ण आधारभूत अस्पताललाई आवश्य उपकरण र जनशक्ति व्यवस्थापनमा समेत ध्यान दिएर थप प्रबन्ध गर्ने अध्यक्ष केसीले बताएका छन् ।

Scroll to Top