विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू उमेश कोइराला र बिदुर कोइरालाको इजलासले पर्यटन मन्त्रालयका तत्कालीन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी मागेको हो ।
अख्तियारले गत वैशाखमा केही कर्मचारीहरूसहित पोखरा विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएएमसी र त्यसका सञ्चालकहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।
ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर उनीहरूले भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको थियो । उनीहरुमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी थियो ।







