सुनसरीमा अर्का युवकको पनि ज्यान गयो

सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ। अब त्यहाँको घटनामा ज्यान गुमाउने युवा दुई पुगेका छन् ।

देवानगञ्ज गाउँपालिका-३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा ती युवकको ज्यान गएको मोरङ प्रहरीका सूचना अधिकारी एवम् डीएसपी मकेन्द्रकुमार मिश्रले बताएका छन् ।

उक्त प्रकरणमा प्रहरीसहित २२ जना घाइते भएका थिए । जसमध्ये १० जना युवालाई गोली लागेको थियो । अहिले पनि गोली लागेका ८ जना युवाहरूको मोरङको विराटनगरका विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

Scroll to Top