धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अबस्था बिग्रीएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ ।
धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका केसीको अबस्था पछि चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो । सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले उनको स्वास्थ्य परीक्षण गरेका छन् ।
केसीको रगतमा सुगरको मात्रा घटेर ५० पुगेको र रक्तचापमा पनि उतारचढाव देखिएपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल लगिएको हो ।
केसीका सहयोगी डा. अमृत जैसीका अनुसार केसीलाई मांसपेशी बाउडिने र हिँडडुल गर्न समस्या भइरहेको छ । उनलाई अस्पतालमा स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ ।







