जनप्रियमा विद्यार्थीलाई स्वागत

पोखरा ।
जनप्रिय मावि सिमलचौरमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन् । शुक्रबार कक्षा १२ की छात्रा सन्ध्या श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा ३ सय ५० जना नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरेका हुन् । शैक्षिक सत्र २०८३ सुरु भएसँगै विज्ञान, व्यवस्थापन, शिक्षा र सिभिलका विद्यार्थीलाई हास्यप्रहसन, नृत्य तथा फूल अविरले स्वागत गरेका हुन् । विद्यार्थीहरु श्रीया अर्याल, दिपु परियार, वेदकुमारीले सञ्चालन गरेको कार्यक्रममा शिक्षकका तर्फबाट विष्णुहरि त्रिपाठीले स्वागत गरेका थिए ।


शिक्षक श्रीकान्त पौडेलले सहजीकरण गरेको कार्यक्रममा प्राप्ती गुरुङ, अन्जना गिरी, रेजीना भुजेल, प्रिती गुरुङ, चिना गुरुङ, कृष्मा विक, साइना गोले, विपना गौतम लगायतका विद्यार्थी समूहले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । हास्य कलाकार दिपक थापाले जादुमय कला देखाएर सवैलाई मनोरञ्जन प्रदान गरेका थिए । कक्षा ११ की छात्रा स्मारिक देवकोटाले धन्यवाद दिँदै जनप्रियमा आपःू उत्साहित भएर अध्ययन गर्न आएको बताइृन् । कक्षा १२ का दाईदिदीलाइृ धन्यवाद दिँदै विद्यालयको हितमा सवै साथीहरुले साथ दिने बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठीले विद्यालयको चौतर्फी हितमा सवैको हातेमालो आवश्यक भएको बताए । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले विद्यार्थीको मेहनेत, शिक्षकहरुको प्रतिवद्धता र सिंगो विद्यालय परिवारको सकारात्मक सोचले मात्र विद्यालय निर्माण हुने बताए । अध्यक्ष धमलाले विश्वमा फड्को मारेको प्रविधिलाई अंलाग्दा सकारात्मक र जीवनपयोगी हुनेगरी उपयोग गर्न विद्यार्थीलाई सुझाउँदै कक्षागत र विषयगत शिक्षकबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्न आग्रह गरे । अध्यक्ष धमलाले शिक्षकले दिन नखोज्ने र विद्यार्थीले लिन नखोज्ने नेपालको शैक्षिक यात्रालाई चुनौति दिएर नवआगन्तुक विद्यार्थीले गहन ढंगले ज्ञान आर्जन गर्न आग्रह गरे ।
विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले वृहद् शैक्षिक अभियानमा जनप्रियले फड्को मारेको विभिन्न शैक्षिक यात्रा, स्मार्ट वोर्ड, अतिरिक्त क्रियाकलाप, बुक फ्रिडे, रोजगारीमा जोड्ने कम्प्युटर शिक्षा, शिक्षकलाई अतिरिक्त तालिम तथा विद्यार्थीलाई जीवनपयोगी सीप सिकाएर गण्डकी प्रदेशमा अब्बल र नमुना विद्यालयमा स्थापित भएको दावी गरे । विद्यार्थी संख्या नपुगरे बन्द हुने चरणमा रहेका विद्यालयलाई चुनौति दिँदै जनप्रिय माविले शैक्षिक सफलता सँगै विभिन्न आयाम थप गर्दैै आएको प्रअ बस्ताकोटीले उल्लेख गरेका थिए । प्रअ बस्ताकोटीले विद्यालयमा चाईनिज भाषा कक्षा, सिभिल इन्जिनियरिङ कक्षा, उत्कृष्ठ लाइब्रेरी, ल्याव तथा बहुआयामिक ज्ञान प्रदान गर्दैै आएकाले जनप्रियको आकर्षण बढ्दो रहेको बताए ।

Scroll to Top