गण्डकीका ७ जिल्लाबाट मागियो सुकुमबासी र अव्यवस्थित बसोबासीको निवेदन

भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासोको व्यवस्थापन गर्ने प्रयोजनका लागि अन्तिमपटक निवेदन माग गरेको छ ।

स्थानीय तहका भूमिहीन दलित भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी यही साउन ४ गतेदेखि ३५ दिनभित्र निवेदन दिनु पर्ने सूचना जारी गरिएको छ ।

सूचनामा स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्न भनिएको छ ।

सरकारले गण्डकीबाट गोरखा, पर्वत, मनाङ, बागलुङ, म्याग्दी, मुस्ताङ र स्याङ्जाका सुकुम्बासीबाट निवेदन मागेको हो ।

कहाँ कहाँबाट मागियो निवेदन ? हेर्नुहोस् सूचनाः

Scroll to Top