आन्तरिक राजश्वमा पोउवाको कर सहायता कक्ष

आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना अन्तरगत कक्ष स्थापना भएको होे ।

कक्षको कास्कीका प्रमुख जिल्ला अधिकारी कुममानसिंह गुरुङले उद्घाटन गरेका छन् । सो कक्ष उद्घाटनमा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडर तथा जीआइजेड नेपालकाको तर्फबाट मेन्दी राजा रिज्वी, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र जिआइजेडका वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ पनि सहभागी थिए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङले करदाता सहायता कक्षले नागरिकलाई सहज तरिकाले कर तिर्ने वातावरण सिर्जना गर्ने बताए ।
२०८१ सालमै त्यहाँ कर सहायता कक्ष स्थापना गरिएको थियो । तर, जेनजी आन्दोलनको क्रममा आन्तरिक राजश्ज कार्यालयसँगै सो कक्ष पनि पूर्णरुपमा ध्वस्त भएपछि केही दिन सो कक्षबाट सेवा रोकिएको थियो ।

लगत्तै पोखरा उद्योग वाणिज्य संघले अस्थायी तवरले नै त्यहाँ कर सहायता कक्ष संचालन गरेकोमा जीआइजेडको सहयोगमा अहिले पहिलेकोभन्दा पनि सुव्यवस्थित कक्ष संचालनमा ल्याइएको हो ।

स्वागत मन्तव्यको क्रममा कार्यक्रम तथा संघका अध्यक्ष गोकर्ण कार्कीले स्वागत मन्तव्यको क्रममा १२३ दिन चलेपछि कर सहाययता कक्षमा आगजनी भएको सम्झँदै ती निर्जीव सामान जलाएर कसैलाई फाइदा नभएको बरु नागरिकले दुःख पाएको स्मरण गरे ।

अध्यक्ष कार्कीका अनुसार कक्षमा ५ वटा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्डलगायत सामग्रीसहित संघले एकजना कर्मचारीको व्यवस्था गरेको छ । ती कर्मचारीमार्फत करदाताहरुलाई दर्ता, नवीकरण, करचुक्ता, कर शिक्षा–परामर्श लगायतका सेवा दिइनेछ ।

कार्यक्रममा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडरले कर संकलन देश निर्माणको लागि महत्वपूर्ण रहेको र कर तिर्नु नागरिकको दायित्व भएको बताए । कर प्रशासन नागरिक मैत्री हुनुपर्ने बताउँदै उनले कर सहायता कक्ष निर्माणलाई दातृ संस्था,सरकार,निजी क्षेत्र र नागरिक समाजको सहकार्यको रुपमा अथ्र्याए ।

Scroll to Top