पोखरा महानगरपालिकाले पृथ्वीचोकमा निर्माण गरेको अत्याधुनिक ‘पोखरा घर’को वास्तु पूजा (घर पैचो) भएको छ ।
सुविधासम्पन्न यस भवनमा पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, घण्टाघर, सार्वजनिक शौचालय तथा स्नानगृह लगायतका सेवा सञ्चालन हुनेछन् ।
केही दिनभित्रै ‘पोखरा घर’ पूर्ण रूपमा सञ्चालनमा आउने महानगरले बताएको छ ।
यस भवनले पोखराको पर्यटन, कला, साहित्य, संस्कृति तथा नागरिक सेवामा नयाँ आयाम थप्ने विश्वास महानगरले लिएको छ ।
वास्तु पूजा कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहभागी भई सहयोग गर्ने सम्पूर्णलाई महानगरले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।







