चालु आर्थिक वर्षको अन्तिम महिनामा पनि विगतमा झैँ असारे खर्चको प्रवृत्ति देखिएको छ ।
पछिल्लो असार महिनामा सरकारले पुँजीगत खर्च दैनिक सबा अर्ब भन्दा धेरैले गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको हो ।
चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकारले १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जबकी जेठ मसान्तसम्म यस्तो खर्च १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
जुन खर्च २४ दिन अगाडिको तुलनामा ३० अर्ब ५० करोड ५७ लाख रुपैयाँले धेरै हो ।
सो तथ्यांकले सरकारले पछिल्लो २४ दिनमा पुँजीगत खर्च दैनिक १ अर्ब २७ करोड १० लाख ७० हजार रुपैयाँका दरले गरेको छ । जबकी चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकारको दैनिक पुँजीगत खर्च औसतमा ४५ करोड ७० लाख ६८ हजार ३४७ रुपैयाँ रहेको देखिन्छ ।
असार २४ गतेसम्म सरकारको कुल खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ भएको छ । जेठ मसान्तसम्म यस्तो खर्च १३ खर्ब ४६ अर्ब ६५ करोड ३९ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
जुन अघिल्लो २४ दिन अगाडिको तुलनामा १ खर्ब ८५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँले धेरै हो ।
२४ दिनमा ८१ अर्ब आम्दानी
चालु आर्थिक वर्षको जेठ ३१ गतेसम्म सरकारको आम्दानी ११ खर्ब १० अर्ब ४९ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।
असार २४ गते अर्थात् पछिल्लो २४ दिनमा सरकारको कुल आम्दानी ११ खर्ब ९१ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ भएको छ । जुन आम्दानी अघिल्लो २४ दिनको तुलनामा ८१ अर्ब ४ करोड ५ लाख रुपैयाँले धेरै हो ।
सरकारले असार २४ गतेसम्म कर आम्दानीमध्ये लक्ष्यको ७९.३३ प्रतिशत हासिल गरेको अनुदान सहायताको ५१.७३ प्रतिशत लक्ष्य प्राप्ति गरेको महालेखाको तथ्यांकले देखाएको छ ।







