आधारभूत अस्पतालमध्ये गलकोट नगर अस्पताल गण्डकीमै विशिष्ट ठहर

गण्डकी प्रदेशका सबै नगर तथा आधारभूत अस्पतालहरुमा बागलुङको गलकोट नगर अस्पताल न्युनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकनमा प्रथम भएको छ ।

तोकिएका सूचकको मूल्यांकनमा ७१ अंक ल्याएर गलकोट प्रथम भएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए ।

गलकोट नगरपालिका ५ स्थित अस्पतालको सुशासन तथा व्यबस्थापन, क्लिनिकल सेवा व्यवस्थापन र स्वासथ्य संस्था सहयोग व्यवस्थापन लगायतको सूचकमा अस्पतालले उक्त अंक पाएको हो ।

प्रदेश जनस्वास्थ्यको आयोजना, प्रदेश जनस्वास्थ्य केन्द्र पोखराको समन्वय र निक साइमन इन्स्चिट्युटको सहयोगमा सबै अस्पतालको अध्ययन गरिएको थियो । उक्त अध्ययनबाट गलकोट प्रथम भएको प्रदेश जनस्वस्थ्य कार्यालय बागलुङका निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

विशेषगरी आधारभूत सेवा दिनकालागि संस्थाको राम्रो र सुधार्ने पक्षलाई यो अध्ययनमा राख्ने गरिन्छ । सफ्टवेयर सूचकमा रहेर हरेकको नम्बर दिने व्यवस्था छ । सो आधारमा आउने अंक, सेवा प्रवाह समेतलाई हेरेर प्रथम छुट्टयाउने व्यवस्था छ ।

Scroll to Top