पत्रकार माथी आक्रमण गर्ने ४पक्राउ,पत्रकार संगठन द्धारा भर्सना

-


     नयाँ लिपि    
     श्रावण १३ गते २०८१ मा प्रकाशित


पोखरा । राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध यातायात व्यवसायीहरुले पोखरामा आइतबार गरेको आन्दोलनमा रिपोटिङ गर्न पुगेका पोखराका पत्रकार सुरज थापा र विनु मरसानी कुटिएका छन् । कुटपिटमा संलग्न भएका आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत रहेका छन् ।

अन्दोलनकारीले पत्रकारद्धय ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् । पत्रकार माथि भएको आक्रमणको पत्रकार सम्बद्ध विभिन्न संघसंगठनहरुले भर्सना गरेका छन ।


यातायात व्यवसायीले आफूहरुको आन्दोलनमा घुसपैठ भएको जनाएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासघं गण्डकी प्रदेशका सचिब योगेन्द्र केसिले पत्रकार माथी आक्रमण गर्ने जो कोहि भएपनी कार्बाही गर्न आग्रह गरेका छन ।
यातायात व्यवसायीका आन्दोलनका कारण आज बिहानै देखि पोखरा सहित गण्डकी प्रदेश भर यातायात सेवा ठप्प गरेका थिए ।