जोण्टा क्लब पोखरामा नेलिसाको नेतृत्व

जोण्टा क्लब अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी चयन भएकी छिन् ।

जोण्टा इन्टरनेशनल डिष्ट्रिक २५ अन्तर्गत एरिया २ को हालै पोखरामा सम्पन्न सातौं साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि उहाँको अध्यक्षतामा पाँच सदस्यि कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना कार्की केसी, कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन भएका छन् । समितिको निवर्तमान अध्यक्षमा रोजिना रञ्जित बिजुक्छे रहेकी छिन् ।

समितिको नेमिनेटिङ कमिटिमा मोनिका थापा, एडभोकेसि कमिटिमा अर्चना कर्माचार्य, अवार्ड एण्ड स्कलरशिपमा निलिमा गुरुङ, लिडर्सशिपमा अन्जना तज्या, भिजिविलिटीमा लिसा गुरुङ, सर्भिसमा अनिता केसी भट्टराई, युएन एण्ड क्लाइमेटमा पुनम भट्टराई र जी एण्ड गोल्डेन जीमा साम्राज्ञी क्षेत्री चयन भइन् ।

जोण्टा क्लव अफ पोखराले वर्षेनी महिला हिंसा विरुद्ध १६ दिने अभियानमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

त्यसैगरि महिला, बालबालिका तथा वातावरणको क्षेत्रमा पनि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । भइरहेका कार्यक्रमलाई निरन्तरता दिंदै आगामी दिनमा केहि नविनतम कार्यक्रम ल्याइने नवनिर्वाचित अध्यक्ष केसीले बताइन् ।

Scroll to Top