बसपार्क क्षेत्रमा यात्रुलाई दुःख दिने युवक ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा

पोखराको बसपार्क क्षेत्रमा यात्रु तथा सर्वसाधारण सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने, झोला तान्ने तथा दुर्व्यवहार गर्ने एक युवकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार आज बिहान करिब ९ बजे पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा यात्रु तथा सेवाग्राहीलाई हैरानी दिने गतिविधिमा संलग्न रहेका २४ वर्षीय फत्तबहादुर कार्कीलाई नियन्त्रणमा लिइएको हो।

तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भई हाल पोखरामा बसोबास गर्दै आएका कार्कीलाई ट्राफिक प्रहरी टोलीले नियन्त्रणमा लिएर थप आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाएको जनाएको छ।

ट्राफिक प्रहरीले सार्वजनिक स्थल, बसपार्क तथा यात्रु चाप हुने क्षेत्रमा यात्रु तथा सर्वसाधारणलाई दुःख दिने, ठगी गर्ने वा दुर्व्यवहार गर्ने व्यक्तिविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

Scroll to Top