प्रहरी हुँ भन्दै धम्की दिई रकम माग गर्ने क्षेत्री पक्राउ

-


     नयाँ लिपि    
     श्रावण ७ गते २०८१ मा प्रकाशित


पोखरा । प्रहरी हुँ भन्दै विभिन्न व्याक्तिहरुलाई WhatsApp तथा Telegram बाट सम्पर्क गरी रकम माग्ने सुजित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरुलाई “म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै रकम असुली गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आईतबार क्षेत्रीलाई पक्राउ गरेको हो ।

क्षेत्रीले आफु प्रहरी भएको बताउदै केही काम छ भने भन्नुहोस गरिदिन्छु”भन्ने र सर्वसाधरण संग रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौर बस्दै आएका २१ वर्षिय क्षेत्री लामाचौरबाट पक्राउ परेका थिए ।

क्षेत्रीलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।