प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभा बैठकमा देखा परे । सत्तापक्षको लहरमा बसेका प्रधानमन्त्री शाहले अकस्मात् बोल्नका लागि समय माग्दै हात उठाएपछि सभामुख डीपी अर्याल अक्क-न-बक्क परे ।
सभामुख अर्यालले सहयोगीसँग छलफल गरपछि प्रधानमन्त्री शाहलाई बोल्न रोष्ट्रममा बोलाए ।
प्रधानमन्त्री शाहले रोष्ट्रमबाट प्रतिपक्षको सवालको जवाफ दिने बताएपछि प्रश्न सोधिएका थिए ।
लिपुलेक लिम्पियाधुराबारे सोधिएको प्रश्नमा शाहले भारतसँगको लिपुलेक लिम्पियाधुराको विवादबारे सरकारले ईंग्ल्यान्डसँग पनि कुरा गरेको बताएका छन् ।
यो विवाद ब्रिटिश इन्डियाले भारत छोडेदेखिको भएकाले ईंग्ल्यान्ड सरकारले पनि सरोकार राख्नुपर्ने सरकारको धारणा रहेको उनको भनाइ छ ।
त्यस्तै, जेनजी आन्दोलनको विषयमा शाहले मानवअधिकार आयोगको प्रतिवेदन अध्ययनपश्चात् एकमुष्ट कारवाही अघि बढाउने उल्लेख गरे ।
सोहीक्रममा समाजवाद र साम्यवादलाई भाषण गर्नमा मजा आउने भन्दै व्यंग्यसमेत गर्न भ्याए ।
जवाफपश्चात् शाह सरासर बाहिरिएपछि प्रतिपक्षहरु यतिेबेला संसदमा हंगामा मच्चाइरहेका छन् ।







