पोखरा ३२ मा सुकुम्बासी व्यवस्थापन समिति, कसैको बास उठ्न नदिने वडाअध्यक्षको भनाई

पोखरा महानगरपालिका ३२ मा सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि वडास्तरिय सहजीकरण समिति र संघर्ष समिति समेत र्निमाण गरिएको छ ।

उक्त कार्यक्रममा वडा नं ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले कोही कसैले पनि बिना कारण र बिना बिकल्प बसिरहेको ठाउ छोडन नपर्ने बताएका छन् । उनले हचुवाको भरमा डोजर लिएर बस्ती बस्ती चाहर्ने गरि स्थानिय सरकार नलाग्ने विश्वास दिलाए ।

भुमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यबस्थित बसोबासी सरोकार सहजीकरण समिति कास्कीले आयोजना गरेको कार्यक्रममा सहभागीले सरकारको आगामी नीतिबारे प्रश्न गरेका थिए ।

दैनिक जसो सुनिने डोजर आतंकले मजदुरी गर्ने काम समेत गर्न मन नलागेको, रातमा निद्रा नलागेको उनीहरुको भनाई छ ।

कार्यक्रममा अखिल नेपाल सुुकुम्वासी संघका केन्द्रयि सचिव ओमबहादुर पौडेलले भुमिहिनहरु शहरका मौरी भएको भन्दै बस्तीमा डोजर चलाए आन्दोलनमा उत्रन बाध्य हुने बताए ।

त्यस्तै, संघर्ष समिति कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङ्गले सुकुम्वासीलाई सरकारले दुस्मन देखेको बताउँदै सहर निर्माणमा सुकुम्बासी र भूमिहीनको योगदान रहेको चर्चा गरे ।

उक्त भेलामा मिलन घलानको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

समितिले सुकुम्वासीमाथि अमानवीय हर्कत जारी राखे देशभरका ५५ लाख पीडित प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

Scroll to Top