महिनादिनअघि मात्रै वैवाहिक सम्बन्धमा बाँधिएकी मादी गाउँपालिका–८, पाखुरीकोट माइतीघर भई हाल पोखरा बुद्धचोक बस्दै आएकी रितु लामा गुरुङ गत वैशाख ३० गते मलमास बार्न माइतीघर गएकी थिइन्।
उनी यही जेठ ११ गते बिहान ११ बजे घरबाट निस्किएकी भए पनि दिउँसो २ बजे मात्र पोखरातर्फ बस चढेकी जानकारी प्राप्त भएको छ।
बेलुका करिब साढे ६ बजे उनी पोखराको अमरसिंह चोकस्थित सार्वजनिक शौचालय नजिक झरेकी थिइन्। बुद्धचोक झर्नुपर्ने भए पनि अमरसिंह चोकमा झरेपछि हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन्।
परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जानकारी गराइसकेको छ। उहाँलाई कसैले देख्नुभएको वा कुनै जानकारी भएमा कृपया जिल्ला प्रहरी कार्यालय कास्की, नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९७०३७८४२५३ मा खबर गरिदिनुहुन परिवारजनको अनुरोध छ।







