सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारण संस्थामा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।
सरकारले आज एक सार्वजनिक सूचनामार्फत गोरखापत्र संस्थानमा महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा प्रतिस्पर्धात्मक प्रणालीबाट अध्यक्ष पदको पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्य व्यक्तिले आजदेखि जेठ १८ गते कार्यालय समयभित्र दरखास्त पेस गर्न भनेको छ ।
दरखास्त पेस गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइट www.mocit.gov.np मा उपलब्ध रहेको जनाइएको छ ।








