केदारेश्वरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

-


     नयाँ लिपि    
     असार ३० गते २०८१ मा प्रकाशित


पोखरा ।केदारेश्वर महादेवमणी सेवाश्रममा रहेको केदारेश्वर छात्र परिषद्को आयोजनामा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

२११ आंै भानुजयन्तीको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै रेडियो सफलता प्रमुख दुर्गा अधिकारीले भानुजयन्तीको अवसरमा गुरुकुलमा रहेका छात्रहरुले हाजिरजवाफ प्रतियोगिता गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधिश डाक्टर चित्घन चैतन्य महाराजले विद्या र ज्ञानको चर्चा गर्दै सिक्ने पर्ने कुरा बेग्लैमा सिक्नका लागि अनुरोध गर्नुभयो । सिकाईको अन्त्य कहिल्यै नहुने भन्दै उहाँे जीवनमा असम्भव भर्ने केही नरहेको भन्दै दृष्टान्तले बटुकहरुलाई हौसला प्रदान गर्नुभयो ।

कार्यक्रममा केदारेश्वर महादेवमणी सेवाश्रमका सचिव ओमनाथ अधिकारीले यस्ता कार्यक्रमले बालकको प्रतिभा प्रस्फुटन हुने बताउँदै समितिले जहिले पनि साथ सहयोग गर्न तयार रहेको बताए । 
केदारेश्वर महादेवमणी सेवाश्रमका पिठाधिश डाक्टर चित्घन चैतन्य महाराजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मनतव्य छात्र परिषद्का उपाध्यक्ष पुष्पराज न्यौपाने तथा कार्यक्रमको उदेश्यबारे परिषद्का अध्यक्ष तथा कार्यक्रमका संयोजक प्रज्ज्वल पोख्ररेलले जानकारी दिएका थिए ।

परिपद्का सचिव सुभाष पौडेल र उत्तम दवाडीले संचालन गरेको कार्यक्रममा गौरव अधिकारी, माधव खनाल, रामेश्वर फुयालले कविता बाचन गरेका थिए । 

हाजिर जवाफ प्रतियोगितामा ७ वटा समुहले भाग लिएका थिए । सहभागी मध्ये गौरीशंकर समुह प्रथम, अन्नपूर्ण समुह द्धितिय, मकालु समुह तृतीय तथा जुगल समुह सान्त्वना भएका छन् ।