सांसद बराल अब गण्डकी प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक

नेपाली कांग्रेस संसदीय दलले सांसद प्रकाश बराललाई गण्डकी प्रदेश सभामा प्रमुख सचेतक नियुक्त गरेको छ ।

कांग्रेसबाट संसदीय दलका नेता समेत रहेका बराललाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख सचेतकमा नियुक्ति गरेका छन् ।

यसअघि सचेतक रहेका बराललाई पदोन्नति गर्दै प्रमुख सचेतक बनाइएको हो ।

हालै प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने मन्त्री चयन भएपछि बराललाई उक्त जिम्मेवारी दिइएको हो ।

Scroll to Top