पोखरामा आयोजित ‘प्रथम पोखरा महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
आज पोखरा रंगशालामा भएको फाइनलमा पुलिसले अर्काे विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै उपाधि चुमेको हो ।
निर्धारित समयको खेल बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको हो । टाइब्रेकरमा ४-४ को बराबरी पछि आर्मीले ४ को विरुद्ध ५ गोलले पुलिसलाई जितेको हो ।
जितसँगै पुलिसले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसअघिको खेलमा पुलिसले आयोजक आरएस क्लब र आर्मीले संकटाालाई पराजित गरेको थियो ।
प्रतियोगितामा पुलिसकी निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भई ३० हजार रुपैयाँ प्राप्त गरिन् भने उत्कृष्ट किपरमा उषा नाथ र रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन् ।
उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुशासित टिमको पुरस्कार आर एस पोखरा फुटबलले प्राप्त गर्यो ।







