पोखरामा ३४ करोडको ‘भाइरल रोड’ शिलान्यास

पोखरा महानगरपालिका वडा नम्बर ३० मा शिशुवादेखि खुदीखोला जाने सडक खण्ड निर्माण पुरा भएपछि आज शिलान्यास गरिएको छ ।

पछिल्लो समय ‘भाइरल’ बनेको उक्त सडकको पोखराका नगर प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन् ।

उद्घाटनकाक्रममा प्रमुख आचार्यले पोखरा विकास साझेदारहरूको प्राथमिकतामा रहेको बताए । उनले भने, ‘हामी आएपछि नेपालमा रहेका सबै विकास साझेदार पोखरा आएका छन् । यो सानो दुखले भएको होइन ।’

सडक निर्माणार्थ विश्व बैंकले ३४ करोड ११ लाख २० हजार २ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । यो आयोजना सहरी विकास मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा सञ्चालन गरिएको हो ।

शिशुवादेखि खुदीखोला पुलसम्म २ लेनको सडक ४.१४ किलोमिटर लामो रहेको छ भने यसको चौडार्इ नालीसहित १५ मिटर रहेको छ ।

साथै, वातावरणमैत्री संरचना अन्तर्गत १.५ मिटरको साइकल ट्र्याक र २.५ मिटरको फुट ट्र्याक समेत बनाइएको छ ।

Scroll to Top