पोखरा । युनाईटेड क्लब पोखराले आफ्नो १६ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसर पारी क्लबले रक्तदान, छात्रवृत्ति अक्षय कोष र सिसि टिभि क्यामेरा हस्तान्तरण कार्यक्रम गरेको हो ।
क्लबले अवसर पारि पोखरा १५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो । सो अवसरमा वोल्दै पोखरा १५ का अध्यक्ष तोरण बहादुर बानियाँले युनाईटेड क्लबले स्थापना कालदेखिनै सामाजिक काम गर्दै आइरहेको र शिक्षाको क्षेत्रमा पोखरा १५ फलेपाटनमा विगतमा पनि सहयोग गर्दै आइरहदा १६ औं वार्षिकोत्सवको अवसर पारि गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गरी विद्यार्थीहरुको पढाइ प्रति अभिप्ररित बनाउने काम गरेको बताए ।
सिद्ध मावि ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले सिद्ध माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई लक्षित गरि अक्षयकोष स्थापना गरकोमा युनाईटेड क्लब प्रति आभार प्रकट गरे ।
युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, पोखरामा चिडियाखना निर्माण र सेती नदीको संरक्षणमा काम गर्दै आइरहेको आफुले नियाल्दै आइरहेको र १६ औं वार्षिकोत्सवको अवसरमा आफ्नो विद्यालयमा अक्षयकोष स्थापना गरि विद्यार्थीको पठनपाठनमा सहज वातावरण निर्माण गरेको उनको भनाइ रहेको थियो ।
त्यसैगरी युनाईटेड क्लबले वार्षिकोत्सवको अवसर पारि जेन्जी आन्दोलनमा आगलागीबाट क्षती पुगेको कास्की कारागारमा सिसिटिभी क्यामेरा जडान गरि हस्तान्तरण गरेको छ ।
युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाको नेतृत्वमा पुगेको पदाधिकारी, निवर्तमान अध्यक्ष र कार्यसमिति सहितको टोलीले कास्की जिल्ला कारागारका ब्यवस्थापक राजेन्द्र शर्मालाई सिसिटिभी हस्तान्तरण गरेका हुन ।
सो अवसरमा वोल्दै कास्की कारागारका ब्यवस्थापक राजेन्द्र शर्र्माले जेन्जी आन्दोलनमा आगलागीबाट पूर्ण रुपमा क्षती भएको कास्की कारागारमा युनाईटेड क्लबले सिसिटिभी जडान गरेकोमा धन्यवाद ब्यक्त गरे ।
पोखरा महोत्सवको आयोजना गरि विभिन्न सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लबले कास्की कारागारमा सिसिटिभी क्यामेरा जडान गरि कारागारमा हुने दैनिक कामलाई सहज बनाउने उनको भनाइ रहेको थियो ।
युनाईटेड क्लबले विगतका वर्षहरुमा जस्तै १६ औं वार्षिकोत्सवको अवसर पारि यस पटक रक्तदान, सिद्ध माविमा छात्रवृत्ति अक्षयकोष स्थापना, कास्की कारागारमा सिसिटिभी हस्तान्तरण संगै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले वताए ।
वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णु कुमार गुरुङले बताए ।
१६ औं वार्षिकोत्सव कार्यक्रमका संयोजक तथा युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि विभिन्न सामाजिक कामहरु गरि १६ औं वार्षिकोत्सव कार्यक्रम भब्य र सभ्य ढंगले सम्पन्न गरिएको वताए ।
वैशाख ७ गते स्थापित युनाईटेड क्लबले आफ्नो १६ औं वार्षिकोत्सवको अवसर पारि वैशाख १ देखि ७ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको क्लबका महासचिव दिनेश सुनारले जानकारी दिए ।







