गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री एवं पूर्व सांसद दिपक मनाङे राजिव गुरुङले पोखरा ३२ खुदीखोलास्थित मनाङ मार्गको उद्घाटन गरेका छन् ।
उक्त सडक निर्माणको योजना गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक विकास कार्यक्रममा समेट्न उनको प्रमुख भूमिका रहेको थियो । तत्कालीन समयमा भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारीमा रहँदा उनले बजेट पारेका थिए ।
त्यसबेला प्राविधिकसहित सो स्थानमा पुगेर लागत इस्टिमेट समेत गर्न लगाइ बजेट बिनियोजन गरेको उनको सचिवालयले बताएको छ ।
उद्घाटन समारोहमा उपस्थित सम्पूर्ण स्थानिय बासिन्दाहरुले धन्यवाद ज्ञापन गर्दै उच्च प्रशंसा गर्नुभएको थियो । उक्त सडक सम्पन्न भए संगै करिब ५०० घरधुरी लाभान्वित भएका छन्।







