आयूर्वेद औषधि व्यवसायी गण्डकीमा लक्ष्मी शर्मा निर्विरोध

हालै सम्पन्न नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, गण्डकीको तेस्रो अधिवेशनबाट लक्ष्मी शर्मा अध्यक्षमा निर्विरोध चयन भएकी छिन् ।

प्रदेशको वार्षिक साधारणसभासँगै आयोजित अधिवेशनले उपाध्यक्षमा रमेश चापागाईं, महिला उपाध्यक्षमा नीरा राना, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा रामजीप्रसाद आचार्यलाई चयन गरेको छ ।

त्यस्तै, संघको सदस्यमा रामजी अधिकारी, प्रविन ताम्राकार, हरिहर खतिवडा, श्रीकृष्ण विश्वकर्मा, अनिले घिमिरे र परमानन्द भण्डारी रहेका छन् ।

गण्डकी प्रदेश समिति अध्यक्ष डा दिपक भुसालको सभाध्यक्षतामा सम्पन्न सभामा संघका केन्द्रीय अध्यक्ष रामचन्द्र बुढाथोकीको आतिथ्यता रहेको थियो ।

वर्तमान पदाधिकारीलाई ११ जिल्ला समिति एवं व्यवसायीले बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरेका छन् ।

अधिवेशनमा संघका केन्द्रीय महासचिव लेखनाथ भुसाल, निवर्तमान अध्यक्ष जनगराज गिरि, पूर्वअध्यक्ष लोकेन्द्र चापागाईं, पूर्वमहासचिव किरण शर्मा, केन्द्रीय सचिव कृष्ण तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

Scroll to Top