ओपनर आशिफ शेखको कीर्तिमानी दोहोरो शतकसँगै एपीएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई ३९१ रनको लक्ष्य दिएको छ।
वीरगञ्जस्थित नारायण क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ३९० रन बनाएको हो।
आसिफले सर्वाधिक २०८ रन बनाएर रिटायर्ड आउट भए। १४२ बल खेलेका उनले १५ चौका र १७ छक्का प्रहार गरे। उनको यो करिअरकै कीर्तिमानी रन हो।
कप्तान रोहित पौडेल ५५, सन्दीप जोरा ५६ र दीपक बोहरा १३ रनमा आउट हुँदा लोकेश बम २१ र कमलसिंह ऐरी १८ रनमा अविजित रहे।
मधेशका रुपेश सिंहले सर्वाधिक ३ विकेट लिए। रञ्जित कुमारले १ विकेट राखे।







