हेमजाली आलु महोत्सवको तीन दिनमै ५० लाख बढीको कारोबार

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्म रु.५० लाख बढीको कारोवार भएको छ ।

महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक विदा परेको र मौसमले समेत साथ दिदाँ महोत्सवमा जनसहभागिता बढेको हो।

दर्शक सहभागिता बढेसँगै त्यहाँ आलु लगायत अन्य उपभोग्य बस्तु किनबेच हुने क्रम पनि बढ्दै गएको छ ।

त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् ।प्रतिकेजी रु.३५ मा आलुको कारोवार भएको छ।

आइतबारसम्म रु. ८ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए ।उनले हालसम्म सबैभन्दा बढी ६० केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए।


महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन्।



Scroll to Top