लेकसाइडमा “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर”सुरु

-


     नयाँ लिपि    
     असार २३ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा “सकारात्मक चिन्तनका लागि, राजयोग प्रशिक्षण शिविर” सुरु भएको छ ।

पोखरा ६ लेकसाइडमा अवश्थित ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको आयोजनामा हुने शिविर ५ दिन सम्म हुनेछ ।
शिविरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग केन्द्र पार्दी शाखाका प्रमुख ब्र.कु अमृत दिदीले प्रबचन दिने छिन ।


प्रमुख अतिथि दिपेन्द्र श्रेष्ठ रहेको उक्त शिविरमा सकारात्मक चिन्तनका लागि आत्म दर्शन एवं परमात्मा दर्शन, तनावमुक्त जीवनका लागि जीवन र जगतको रहस्य, मूल्यनिष्ठ जीवनका लागि कर्मको गहन गति, मानसिक शान्तिका लागि मानव जीवनको वास्तविक लक्ष्य, खुशीयाली जीवनकालागि राजयोग मेडिटेशनको अभ्यास लगायत बिषयमा प्रबचन दिइने जनाइएको छ ।

पोखरा ६ जरेबरको ओम शान्ति भवन ठाडो पसलमा २६ गते बुधबारसम्म संञ्चालन हुने लेकसाइड शाखाकी प्रमुख ब्र.कु.पुनम दिदीले बताइन् । कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको छ ।