रविको निर्देशनः – ‘मन्त्रालय धाउने, नियुक्ति माग्ने काम नगर्नु’

रास्वपा सभापति रवि लामिछानेले सांसद र नेताहरूलाई अनावश्यक रुपमा सिंहदरबार मन्त्रालयमा नधाउन निर्देशन दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकमा सम्बोधनका क्रममा लामिछानेले सांसदहरू र नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

बैठकका क्रममा सभापति लामिछानेले पार्टीका सांसद, केन्द्रीय सदस्यहरूलाई विभिन्न मन्त्रालयहरूमा अनावश्यक उपस्थिति नजनाउन समेत निर्देशन दिएको प्रवक्ता मनिष झाले बताएका छन् ।

बैठकमा रास्वपा संसदीय दलका नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाह सहभागी भए पनि पुरै समय मौन बिताए ।

Scroll to Top