राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुईजना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको शुक्रबार बैठकले मधेश प्रदेशबाट निर्वाचित सांसदद्वय गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार सप्तरीका रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइनेछ । उता महोत्तरीकी गौरीकुमारी यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी दिइनेछ।
यसअघि प्रधानमन्त्री बालेन्द्र साहले नै उद्योग मन्त्रालय सम्हालिरहेका थिए ।







