‘मेरा विरुद्ध हल्ला चलाइयो, आम नागरिकलाई मेरो ढोका खुल्ला छ’ – पर्यटनमन्त्री पौडेल

पछिल्लो समय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई भेट्न गुगल फर्म भरेरमात्रै अनुमति पाइने समाचार बाहिर आएपछि मन्त्री गनेस पौडेलले खण्डन गरेका छन् ।

उनले त्यसलाई बजार हल्ला भन्दै प्रलोभनमा पार्न नसकेपछि विवादमा ल्याउन खोजेको टिप्पणी गरेका छन् ।

मन्त्री पौडेलले भनेका छन्ः

‘बजारमा यस्तो हल्ला चलेछ । चलिरहन्छ । प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्ने पुरानो चलन मलाई थाह छ ।

म मातहतको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मुख्यालय आम नागरिकको लागि सधैं खुल्ला छ र रहनेछ ।

हामीले केही दिन अघि जारी गरेको सूचनाले अनलाइनबाट पनि भेटघाटको मिति र समय तय गर्न सकिन्छ भनेको हो । अन्य माध्यमबाट गर्न पाइन्न भनेको होइन । त्यो आजको आजै गरे पनि हुन्छ, २-४ दिन अघि गरे पनि हुन्छ । १ घण्टा अघि गरे पनि हुन्छ ।

विशेष सल्लाह सुझाव दिन र अपर्झट गुनासोको लागि जहिले जतिबेला आए पनि हुन्छ । त्यसको लागि मेरो ९८५६०-३१६४७ को फोन नं सधैं सार्वजनिक छ ।

बधाई दिन, शुभकामना दिन र नजिकिन मात्रै चैं नआउनुस भनेकै हो । भनिरहन्छु ।’

Scroll to Top