‘भेप’ काण्डमा फँसे बाबुछोराः पूर्वसभामुख कृष्णबहादुर र राहुलविरुद्ध २८ करोड बिगो मागसहित अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेतासमेत रहेका पूर्वमन्त्री महरा र छोरा राहुलविरुद्ध पनि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यस प्रकरणमा महरा बाबुछोरासँगै सहसचिव अरुण पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको हो । अहिले उक्त मुद्दा दर्ता प्रक्रियामा रहेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताएका छन् ।

अख्तियारले चिनियाँ तस्करसँग मिलेर विद्युतीय चुरोट भेपभित्र सुन तस्करी गराएको अभियोगमा करिब ७ करोड रुपैयाँ बिगो दाबीसहित विशेषमा भ्रष्टाचार मुद्दा लगेको हो ।

Scroll to Top