गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने कूख्यात ग्याङस्टर युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
प्रहरीले शुक्रवार रातिदेखि काठमाडौँमा गुण्डागर्दीबिरुद्ध अपरेशस सञ्चालन गरेको छ ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सुर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि पनि पटक पटक पक्राउ गरेर छुटेका थिए ।
सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैँटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले आठौँ पटक पक्राउ परेका हुन् ।







