नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी निवास नबेचिएको जनाएका छन्।
उक्त घर देउवा परिवाले बेचेको भन्ने समाचार आएपछि सचिवालयले खण्डन गरेको हो ।
देउवाले सचिवालयमार्फत् बिहीबार बूढानीलकण्ठस्थित ठूलो क्षेत्रफलमा फैलिएको घर बिक्री नभएको जनाएका छन् ।
गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा एउटा समूहले जलाएपछि उक्त घर अहिले भत्काइएको छ।
केही दिनयता करिब ४ अर्ब रूपैयाँमा उक्त घर बेचिएको समाचार आएपछि विदेशमा रहेका देउवाले सचिवालयमार्फत् स्पष्टीकरण दिएका हुन्।
देउवा निवासबारे उनको सचिवालयले अहिलेसम्म बिक्री नगरिएको र बेच्ने योजना पनि नरहेको प्रष्टिकरण दिएको हो ।
‘बूढानीलकण्ठस्थित निवास बिक्री गर्ने योजना छैन,’ देउवाको सचिवालयले प्रष्टिकरण दिँदै भन्यो, ‘सञ्चारमाध्यममा घर बिक्री गरेको गलत समाचार आएका छन् । ती सबै भ्रामक हुन् । अहिले पनि उक्त घर बिक्रीमा राखिएको छैन।’
फाइल तस्बिर







