‘मकै पोलेर सहकारीमा राखेको पैसा पचाउनेमाथि कारवाही होस्’ – ज्ञानेन्द्र शाही

प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सम्बोधन गर्नेक्रममा सहकारीपीडितले तत्काल न्याय पाउनुपर्ने माग गरेका छन् ।

सांसद शाहीले मकै पोलेर सहकारीमा बचत गरिएको निमुखाको पैसा खानेमाथि तुरुन्त कारवाही हुनुपर्ने बताए ।

देशभर सहकारी बचतकर्ताहरु ठगीमा परेको जानकारी सरकारसँग भएको भन्दै उनले अब रकम फिर्ता र न्याय पाउनु पर्ने धारणा राखेका हुन् ।

निर्मला पन्तदेखि इनिशा विकका परिवारले न्याय पाउनुपर्ने अडान रहेको उनले उल्लेख गरे ।

उनले वर्तमान सरकारले सुशासनको मार्ग अवलम्बन गर्नुपर्ने उल्लेख गरे । उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ प्रति सुशासनको जग बसाल्ने अभ्यास ल्याउने कुरामा आशावादी रहेको बताए ।

Scroll to Top