संसदमा सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एक परिवारमा एकजना रोजगार हुनुपर्ने धारणा राख्दै एक पालिकामा एक उद्योगको स्थापना गर्न सरकारसमक्ष माग गरेका छन् ।
माटो सुहाउँदो शिक्षा र श्रमले मात्र देशलाई दीगो विकासमा अघि उनको धारणा छ । सरकारलाई १० बुँदे सुझाव सुनाएका साम्पाङले आफ्नो पार्टीलाई छोटो समय दिएकोमा भने चित्त दुखाएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदाय प्रति भएको दमनको माफी मागेको तर सदन भित्रै विभेद भएको उल्लेख गरे ।
उनले सत्तापक्षलाई बोल्न २५ मिनेट समय दिने र प्रतिपक्षलाई १० मिनेट पाँच मिनेट समय दिएकोमा विरोध जनाएका हुन् ।
आफूहरू पनि जन निर्वाचित प्रतिनिधि भएको बताउँदै हर्कले भने, ‘प्रतिनिधि सभामा पनि सत्तापक्ष र प्रतिपक्ष भनिएर विभेद भएको छ । सत्तापक्षलाई बोल्न २५-३० मिनेट दिने प्रतिपक्षलाई १० मिनेट ५ मिनेट ३ मिनेटमा सक्ने भन्ने पनि हुन्छ ।’







