हिल प्वाईन्टमा परिवार नियोजनको सचेतना

पोखरा  । नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।

२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १४ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । 

सोहि क्रममा आज पोखरा १२ माटेपानी स्थित हिलप्याईन्ट माविमा अभियान संचालन गरिएको हो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, विद्यालयका भाईस प्रिन्सिपल गंगाराम पौडेल,बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, र कर्मचारी सुरज चौधरी लगायतले बोलेका थिए । 

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले संचालन गरेका थियो ।   

Scroll to Top