राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको तारेख बुझेर फर्केका छन् ।
काठमाण्डौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले लामिछानेलाई वैशाख १४ गतेका लागि अर्काे तारेख तोकिएको जनाएका छन् ।
लामिछानेविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ ।
फाइल तस्बिर







