पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ गरिएको विरोधमा सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर हुने भएको छ ।
ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै आइतबार सर्वोच्चमा निवेदन दिन लागेकी हुन् ।
गत शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै प्रहरीले ओली र लेखकलाई नियन्त्रणमा लिएको थियो ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको घटनामा दोषी ठहर गर्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयलगत्तै ओलीसँगै तत्कालीन र गृहमन्त्री रमेश लेखक पक्राउ परेका हुन् ।
ओली पक्षका कानुन व्यवसायीहरूले अदालतको पक्राउ पुर्जी बिना ‘अत्यधिक जरुरी’ भन्दै गरिएको पक्राउलाई कार्यपालिकाको स्वेच्छाचारिता र राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् ।







