एमालेका २३ संगठनले आज सदरमुकाममा प्रदर्शन गर्ने, विरोधपत्र बुझाउने

नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज दिउँसो ३ बजे देशभर प्रदर्शन गर्ने भएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको पक्राउविरुद्ध जनसंगठनको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

जनसंगठनहरुको आजको प्रदर्शन सबै जिल्लाका सदरमुकाम केन्द्रित हुने बताइएको छ ।

यस्तै, एमालेले चैत १५ गते मध्याह्न १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कार्यालयमा विरोधपत्र बुझाउने निर्णय गरेको छ ।

बालेन्द्र शाह नेतृत्वमा हिजो गठन भएको नयाँ सरकारले भदौमा भएको जेनजी आन्दोलन घटनामा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित छानबिन समिनिले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

Scroll to Top