आँखाका डाक्टर श्रममन्त्री, नर्स बनिन् स्वास्थ्यमन्त्री !

आज गठित मन्त्रीमण्डलमा आँखाका कल्सल्ट्यान्ट डाक्टर दीपककुमार साहले श्रममन्त्रीको जिम्मेवारी पाएका छन् ।

महोत्तरीका मन्त्री साह बेलायतबाट दीक्षित हुन् भने चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा आबद्ध छन् ।

आँखाका डाक्टर साहले श्रम मन्त्रालयको जिम्मेवारी पाउँदा नर्स निशा मेहतालाई भने स्वास्थ्य मन्त्रायको जिम्मेवारी दिइएको छ ।

सुनसरी, इनरुवाकी निशा मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्।

०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी मेहता सुरुदेखि नै राजनीतिक रुचि राख्ने व्यक्तित्व हुन्।

भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा दिएकी थिइन्।

स्वास्थ्यमन्त्रीमा ४ डाक्टरको नाम चर्चामा रहेपनि मेहताको नाम नै सिफारिश हुने एक साताअघि निधो भएको थियो ।

Scroll to Top