पोखरा । पोखरामा नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल बनाउन विभिन्न वडाका वडाध्यक्षहरूले सहयोग र समन्वयको प्रतिबद्धता जनाएका छन् ।
पोखरा–९ का दीपेन्द्र मर्सानीले रात्रिदौडले स्थानीय व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने बताए । वडा–६ का विष्णुबहादुर भट्टराईले टोल विकास संस्था र क्लबहरूसँग समन्वय गर्ने बताए भने वडा–७ का राममोहन आचार्यले आवश्यक स्थानमा प्रकाश व्यवस्थापन गरिने जानकारी दिए । वडा–८ का रुद्र बराल र वडा–५ का विष्णुप्रसाद बरालले पनि पूर्ण सहयोग रहने बताएका छन् ।
रात्रिदौडको आयोजना पोखरा क्लिक र पोखरा प्रवर्धन केन्द्रले गरेको हो भने संयोजक दीननाथ बराल रहेका छन् ।
बाराहीघाटबाट सुरु हुने ५ किलोमिटर दौड विभिन्न मुख्य क्षेत्र हुँदै झण्डा पार्कमा समापन हुनेछ । आयोजकका अनुसार प्रतियोगिताले पर्यटन प्रवर्द्धन र स्वस्थ जीवनशैलीप्रति सकारात्मक सन्देश दिने विश्वास गरिएको छ ।







