रास्वपाको चेतावनी: ‘मेयर–वडाध्यक्षको उम्मेदवार हुँ’ भन्दै नहिँड्नु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कसैले पनि आफूलाई वीरगञ्ज महानगरपालिकाको मेयर पदको उम्मेदवार बताउँदै प्रचार प्रसार नगर्न पार्टीका नेता–कार्यकर्ताहरुलाई सचेत गराएको छ ।

फागुन २१ को निर्वाचनबाट पर्सासहित देशैभरबाट रास्वपाको झण्डै दुई तिहाई बहुमत आएलगत्तै फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट रास्वपाका केहि युवा नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा आफू वीरगञ्ज महानगरको मेयर र वडाध्यक्ष पदको उम्मेदवार बन्ने प्रचार प्रसार गर्दै र गराउँदै आएका छन् ।

त्यसैलाई लक्षित गरी शनिबार रास्वपा पर्साले एक प्रेस विज्ञप्ति नै जारी गरेर त्यस्ता प्रचार प्रसार नगर्न सचेत गराएको हो ।

रास्वपा पर्साका सचिव सुदिश प्रजापतिले विज्ञप्ति जारी गर्दै रास्वपा पर्साले कसैलाइ पनि कुनै पनि पदको उम्मेदवार निश्चित नगरेकाले त्यस्ता गलत, भ्रामक र कपोलकल्पित कुराहरुमा विश्वास नगर्न तथा त्यस्ता व्यक्ति तथा समूहबाट सावधान रहन समेत अनुरोध गरेका छन् ।

Scroll to Top