आगामी राष्ट्रपतिको लाइनमा रहेका बाबुरामले गरे रविको तारिफ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज निर्वाचित सांसदलाई दिएको निर्देशनको डा. बाबुराम भट्टराइले तारिफ गरेका छन् ।

भट्टराइलाई आगामी राष्ट्रपतिको रुपमा हेरिएकाबेला उनले गरेको तारिफलाई सोही आकांक्षा पुरा गर्न लागिपरेको सम्भावनाले हेरिएको छ ।

उनले लामिछानेलाई ‘फलेको हाँगो निहुरिन्छ’ भन्दै तारिफ गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः

हालैको आमनिर्वाचनमा अत्यधिक जनमत प्राप्त गरेको रास्वपालाई सवैले आशा, ईर्ष्या र सतर्कतापूर्वक हेर्नु स्वाभाविक छ।यस सन्दर्भमा पार्टी सभापति रवि लामिछानेद्वारा नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण गर्ने क्रममा व्यक्त विचार निकै सकारात्मक छन्।

पहिलो, फलेको हाँगो निहुरिन्छ र निहुरिनुपर्छ भन्ने हाम्रो लोकोक्ति राम्रोसंग झल्केको छ। त्यो कायम रहोस्।

दोश्रो, रास्वपाले पाएको यो प्रचण्ड अभिमत कुनै एउटा पार्टी वा व्यक्तिलाई प्राप्त मत भन्दा समग्र नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश हो भन्ने सोंच वस्तुपरक छ । त्यसनिम्ति पुराना दल र नेताप्रति प्रतिक्रियात्मक बन्नु भन्दा उनीहरूले ऐतिहासिक रूपमा निर्वाह गरेको भूमिकाको सम्मान गर्दै र प्राप्त उपलब्धीको रक्षा गर्दै देशको नयाँ भविष्य निर्माण गर्नुपर्छ भन्ने कुरा ज्यादै अर्थपूर्ण छ।

हार्दिक शुभकामना !

Scroll to Top