पोखरा । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी विकको अवसर पारेर विद्यार्थी लक्षित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा–२९ भण्डारढिकस्थित जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत करिब १०० विद्यार्थीलाई पैसाको बचत, महत्व तथा बीमाको आवश्यकता बारे अन्तरक्रियामार्फत जानकारी गराइएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, नेपाल राष्ट्र बैंक पोखराकी उपनिर्देशक रागिनी सिन्हा, निप्स कास्कीका निवर्तमान अध्यक्ष बद्रीनाथ पौडेल तथा नबिल बैंक लेखनाथ शाखा प्रमुख महेन्द्र महतलगायतले बीमा र पैसाको सदुपयोगबारे विद्यार्थीलाई सचेत गराएका थिए ।
शम्भु प्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेखरनाथ शर्माले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन बीमा प्राधिकरणका सहायक अधिकृत बलराम लामिछानेले गरेका थिए । कार्यक्रममा सहजीकरण सञ्चारकर्मी सन्दीप पौडेलले गरेका थिए ।







