जापानबाट नेपाली आवाज उठाउने तिलक मल्ललाई ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’

टोकियो । जापानमा क्रियाशील नेपाली पत्रकार तिलक मल्ल ‘प्रवास पत्रकारिता पुरस्कार २०२६’ बाट सम्मानित भएका छन् । 

नेपाल पत्रकार महासंघ जापान शाखाको १५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मल्ललाई उक्त पुरस्कार प्रदान गरिएको हो । लामो समयदेखि जापानमा बसेर नेपाली पत्रकारितामा निरन्तर योगदान पुर्‍याउँदै आएका उनलाई नेपाली राजदूतावास जापानका कार्यबाहक राजदूत हरीहर कान्त पौडेलले नगद ५० हजार येनसहित सम्मानपत्र प्रदान गरेर सम्मानित गरेका थिए ।

सन् १९९९ देखि पत्रकारितामा सक्रिय मल्लले हाल जापानको टोकियोबाट ‘समुद्रपारि डटकम’ सञ्चालन तथा प्रकाशन गर्दै आएका छन् । उनले प्रवासमा रहेका नेपाली समुदायका आवाज, समस्या, गतिविधि तथा प्रवास जीवनका विविध पक्षलाई पत्रकारितामार्फत निरन्तर उजागर गर्दै आएका छन्। मल्ल नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्षसमेत हुन् ।

उक्त पुरस्कारको प्रायोजन रेमिट्यान्स सेवा प्रदायक कम्पनी फोरेक्स जापानले गरेको हो ।पत्रकार महासंघ जापान शाखा र फोरेक्स जापानबीच प्रवास पत्रकारिता पुरस्कारका लागि तीन वर्षे प्रायोजन गर्ने सहमति भएको महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । 

Scroll to Top